शरणार्थी प्रकरणमा पद, प्रतिष्ठा र हतकडी

शरणार्थी प्रकरणमा पद, प्रतिष्ठा र हतकडी


जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ । 

यसअघि थपिएको म्यादभित्र अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा अदालतबाट चार दिनको म्याद प्राप्त भएको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 

सङ्गठित अपराधमा अनुसन्धान भइरहेकाले प्रहरीले उनीहरुलाई ६० दिन हिरासतमा राखेर आवश्यक काम कारबाही अघि बढाउन पाउँछ । उक्त प्रकरणको अनुसन्धानमा प्रहरीले ५० दिन कटाइसकेको छ । सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नेछ ।

तर, प्रहरीले पूर्वगृहमन्त्री खाणलाई हतकडी विना अदालत लगेको थियाे । सामान्यतया कुनै अपराधमा संलग्न भएको आरोप लागेपछि नियन्त्रणमा लिएको व्यक्तिलाई प्रहरीले हतकडी लगाउँछ । यद्यपि यो अनिवार्य नै भने होइन । तर, पक्राउ परेपछि प्रहरी कार्यालय ल्याउँदा होस् या जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाँदा होस् या म्याद थप गर्नको लागि जिल्ला अदालत लैजाँदै गर्दा खाणको हातमा प्रहरीले हतकडी लगाएकाे छैन।

बलात्कार आरोपमा विदेश रहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने नेपाल फर्कंदा भने प्रहरीले विमानस्थलमै हतकडी लगाएको थियो। अन्य आरोपी नियन्त्रण लिँदा पनि प्रहरीले हतकडी लगाउने प्रचलन छ। यो प्रकरणमा पूर्वगृहमन्त्री खाँणलाई ती कुरा छुट भएको देखियो। जसकाे सामाजि सञ्जालमा विराेध पनि भइरहेकाे छ । 

 

 

 

 

 

Logo