डिजिटल नेपाल फ्रेमवर्कको सेमिनार सम्पन्न

डिजिटल नेपाल फ्रेमवर्कको सेमिनार सम्पन्न


काठमाडौं ।

डिजिटल नेपाल फ्रेमवर्कको अभिमुखीकरण सेमिनार मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य, उदेश्य, यसका क्षेत्रहरू, प्रयोगको अवस्था लगायतका विषयबस्तु समेटिएको फ्रेमवर्क सम्बन्धी प्रस्तुति प्रदर्शन गरिएको थियो ।

स्वागत मन्तव्य राख्दै सञ्चार तथा सूचना प्रविधि प्रशासन कार्यालयकी योजना महाशाखा प्रमुख राधिका अर्यालले डिजिटल यात्रामा हाल संचालन भइरहेका कार्यहरुको विवरण पेश गरिन् । कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार निजि क्षेत्रसँग मिलेर अगाडी बढ्ने प्रतिबद्धता जनाए । उनले वर्तमान समयमा डिजिटलाइजेशन नै सम्पूर्ण संचार क्षेत्र र नेपालको अर्थतन्त्रको ड्राइभर भएकोले यसमा नयाँ पुस्ताको चासो जगाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल सरकारका सचिवहरु, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका निकाय प्रमुखहरु, सूचना प्रविधि महाशाखा प्रमुखहरु, लगायत निजि कम्पनीहरूका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।
वल्र्ड बैंक, एडिबि, जेआइसिए, केओआईसीए, युएनडीपी, युएसएआइडी र डीएफआइडीका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रमको उद्घघाटन सूचना तथा संचार प्रबिधि मन्त्रि गोकुल बास्कोटाले गरेका हुन् । डिजिटल नेपाल फ्रेमवर्क ०७६ गत कात्तिक ५ गते नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत गरिएको कार्यक्रम हो ।

Logo