ब्रोकर कम्पनीले लगानीकर्तासँग लिँदै आएको कमिसन ३३ प्रतिशतले घट्यो

ब्रोकर कम्पनीले लगानीकर्तासँग लिँदै आएको कमिसन ३३ प्रतिशतले घट्यो


काठमाडौं ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र कारोबारमा ब्रोकर कम्पनीले लगानीकर्ताहरुसँग लिँदै आएको कमिसन ३३ प्रतिशतले घटेको छ ।

अहिलेसम्म शेयर किनबेच गर्दा लगानीकर्ता ब्रोकरहरुले लगानीकर्ताहरुबाट ०.४० प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कमिसन लिँदै आएका थिए । तर अब आइतबारदेखि ३३ प्रतिशतले घटेर ०.२६८ देखि ०.४०२ प्रतिशत मात्रै लिन पाउने भएका छन् ।

नयाँ व्यवस्थापछि अब न्यूनतम ०.२७ प्रतिशतदेखि बढीमा ०.४० प्रतिशतसम्म कमिसन लाग्ने व्यवस्था धितोपत्र बोर्डले लागू गरेको छ । अब ५० हजार रुपैयाँको शेयर किनबेच गर्दा पहिले ३०० रुपैयाँ कमिसन लिने गरेकोमा अब २०० रुपैयाँ मात्रै पाउने भएको छ ।

यस्तै, ५० हजारभन्दा माथि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्ममा ०.३४ प्रतिशत, २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र त्यसभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्नेछ ।

लगानीकर्ताहरुका विभिन्न छाता संगठनहरुले ब्रोकर कमिसन बढीमा ०.२५ प्रतिशतमा सीमित गर्नुपर्ने माग गर्दै आएका छन् । उनीहरुको माग अनुसार अझ बढी भएको छ ।

सरकार, सरकारी निकाय, राष्ट्र बैंक वा अन्य जमानत प्राप्त संस्थाहरुले जारी गर्ने ऋणपत्रको हकमा दलाल कम्पनीले अब न्यूनतम ०.०२ प्रतिशतदेखि अधिकतम ०.१० प्रतिशतसम्म मात्र कारोबार कमिसन लिन पाउनेछन् । यस्तै, सामूहिक लगानी कोषका एकाइ तथा अन्य धितोपत्रको कारोबारमा दलाल कमिसन ०.१० देखि ०.१५ प्रतिशतसम्म लिन पाउनेछन् ।

पछिल्लो समय धितोपत्र बजारमा सक्रिय लगानीकर्ताको संख्या बढ्नुका साथै बजारको आकार पनि फराकिलो भएको र त्यससँगै ८५ प्रतिशतभन्दा बढी कारोबार अनलाइनबाटै हुने भएकाले ब्रोकरको शुल्कलाई समसामयिक बनाउन यसमा पुनरावलोकन गरिएको बोर्डले जनाएको छ ।

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ (तेस्रो संशोधन) को नियम ३२ (१) बमोजिम धितोपत्र दलाल व्यवसायीले धितोपत्र कारोबार सेवा उपलब्ध गराएवापत ग्राहकबाट प्राप्त गर्ने शुल्क सम्बन्धी अनुसूची (१४) मा भएको विद्यमान व्यवस्थालाई संशोधन गरेको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ब्रोकर कमिसनको संशोधित दर पुस १२ गते आइतबारबाट लागू हुने बोर्डले जनाएको छ ।

Skip This
Logo