गुगलले छानेको उत्कृष्ठ एप्सहरु

गुगलले छानेको उत्कृष्ठ एप्सहरु


गुगल प्ले स्टोरमा लाखौं एप्सहरु रहेका छन् । यि लाखौं एप्सहरु मध्ये धेरै एप्सहरु प्रयोगकर्ताको जानकारीमा नरहेको पनि हुनसक्छ । कतिपय एप्सहरु कुन कामलाई प्रयोग हुन्छ भन्ने कुराको जानकारी नभएर प्रयोगकर्ताको पहुँचमा नपुगेको पनि हुनसक्छ । यस्तै लाखौं एप्सहरु मध्ये गुगलले सन् २०१८ को प्ले अवार्डको लिष्टमा परेका केही राम्रा एप्सहरु यसप्रकार रहेका छन् ।

सिम्पल ह्याबिट:
यो एपलाई गुगलले स्ट्याण्ड वेल विइङ क्याटोगरीमा पुरस्कृत गरेको छ । यो एपले मानिसको दैनिक जीवनलाई सघाउने काम गर्छ । यो एप मुख्य रुपमा ध्यानको क्षेत्रमा उपयोगी रहेको छ ।

बि माई आई:
यो एपले बेष्ट एक्सेबिलिटी एक्सपेरियन्सको क्याटोगरीमा पुरस्कृत भएको हो । यो एप मुख्य रुपमा दृष्टिविहिनहरुलाई निकै नै उपयोगी मानिएको छ ।

खान एकेडमी:
यो एपलाई उत्कृष्ठ सोसल इम्पेक्ट दिने क्याटोगरीमा पुरस्कृत गरिएको छ । यो एपले हिसाव देखि ईतिहाससम्मको कुराहरुलाई पढाउन मद्धत गर्छ ।

बिबिसि अर्थ:
यो एपलाई टप अनर्स दिईएको छ । यो एपले प्रयोगकर्तालाई धेरै समय भुलाएर राख्ने गर्छ ।

कान्भा:
यो एप बेष्ट स्टेण्डआउट विधामा पुरस्कृत भएको थियो । धेरै प्रयोगकर्ताहरुले डाउनलोड गरेको यो एप फ्रि फोटो एडिटिङ र ग्राफिक्सको क्षेत्रमा सहयोगी रहेको छ ।

एपिसोड:
यो एपलाई बेष्ट कम्युनिटी बिल्डिङ गेमको क्याटोगरीमा पुरस्कृत गरिएको थियो । यो गेमले प्रयोगकर्ताहरु विच कम्युनिटी बनाउन मद्धत गर्छ । यो गेमले सामाजिक सम्बन्ध पनि बढाउन मद्धत गर्छ ।

Skip This
Logo