केन्द्रबिन्दु डेस्क । काठमाडौं, ५ असार ।

काठमाडौँ, ५ असार । वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल) लिने काम बन्द भएको छ । "/>

सवारी चालक अनुमति पत्रको परीक्षा र परीक्षण चुनावपछि

सवारी चालक अनुमति पत्रको परीक्षा र परीक्षण चुनावपछि


केन्द्रबिन्दु डेस्क । काठमाडौं, ५ असार ।

काठमाडौँ, ५ असार । वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल) लिने काम बन्द भएको छ ।

कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहकाो निर्वाचनमा खटिएकाले दुवै काम बन्द भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले राससलाई जानकारी दिनुभयो ।

कर्मचारी र सुरक्षाकर्मी निर्वाचनबाट फर्केपछि मात्र कार्यालयबाट लाइसेन्सको काम पुनः सञ्चालन हुने उहाँले बताउनुभयो ।

अञ्चल कार्यालय वाग्मती एकान्तकुनाबाट हुँदै आएको विदेशबाट लिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)लाई नेपालीकरण गर्ने काम पनि उपत्यकाका अन्य तीन कार्यालयमा हस्तान्तरण गरिएको छ ।

लाइसेन्सलाई नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालय स्वयम्भूस्थित ठूलोभ¥याङ, सुकेधारा र जगाती कार्यालयलाई जिम्मेवारी दिइएको प्रवक्ता डा पाण्डेले बताउनुभयो ।

Logo