पर्यटन व्यवसायमा सुधार आएपछि सोल्टी होटलको नाफामा आकर्षक प्रगति

पर्यटन व्यवसायमा सुधार आएपछि सोल्टी होटलको नाफामा आकर्षक प्रगति


सोल्टी होटलले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ८३.४० प्रतिशतले धेरै हो । 

अघिल्लो वर्षको सोही अवधिमा यो होटलले २९ करोड ७२ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । असार मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल २ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ६४.२७ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष होटलले १ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको थियो । 

पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि भएकोले नाफा बढ्न पुगेको छ । यता, आम्दानी बढेसँगै सोल्टीले ६८ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष यसले ३३ करोड ३७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 

चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा १ अर्ब २१ करोड रुपैयाँ छ । अघिल्लो वर्ष यसको रिजर्भ कोषमा ८८ करोड ६७ लाख रुपैयाँ मात्र रहेको थियो । सोल्टी होटलको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ २३ रुपैयाँ ६८ पैसा रहेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ५२ पैसा रहेको थियो ।

Logo