हास्य कलाकार निर्मल शर्मालाई कोरोना पुष्टि

हास्य कलाकार निर्मल शर्मालाई कोरोना पुष्टि


काठमाडौं ।

चर्चित हास्य कलाकार निर्मल शर्मालाई कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार गरिएको परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको उनले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

केही दिनदेखि आफ्नो सम्पर्कमा रहेका सबैलाई सर्तकता अपनाउन पनि उनले अनुरोध गरेका छन् । उनी हाल हामेआइशोलेशनमा रहेका छन् ।

शर्माले फेसबुकमा लेखेका छन्, : एकदिन सामान्य जोरो आएको बाहेक अन्य कुनै लक्षण देखा नपरेपनी आज गरेको PCR Test मा मेरो Report Positive आएको जानकारी गराउँदछु,आजबाट १४ दिन पुर्ण रुपमा घरमै बसी यो कोरोनाबाट मुक्त हुने प्रयास गर्नेछु,यो २/३ दिनमा म संग संपर्कमा रहनु हुने कसैलाई लक्षण देखा परे Test गरी सुरक्षित रहन हार्दीक अनुरोध गर्दछु !!

Logo