जोहेब मानन्धरको नयाँ गीत ‘बाबा’ सार्वजनिक

जोहेब मानन्धरको नयाँ गीत ‘बाबा’ सार्वजनिक


गायक जोहेब मानन्धरको नयाँ गीत ‘बाबा' सार्वजनिक भएको छ । 

समस्त बुबाहरुमा समर्पित गर्दै गायक मानन्धरले कुशे औंसीको अवसर तथा बुवाको मुख हेर्ने दिन पारेर गीत सार्वजनिक गरेका हुन् । निकै मिठो अनि मार्मिक शब्दमा तयार पारिएको यस गीतमा स्वर, शब्द र सङीत गायक मानन्धरले आफ्नै छ । गीतको अरेन्ज सन्दिप कार्कीले गरेका छन् भने, मिक्स मास्टर गोविन्द डी.जी. र दिनेश राज बाहक को रहेको छ । 

त्यस्तै भिडियोतर्फ छाँयांकन अनि सम्पादन चर्चित भिडियो मेकर रन्धिर श्रेष्ठको रहेको छ। कथा अनि भिडियोको निर्देशन  गायक जोहेब स्वयम आफैको गरेका छन् । गीत अनुसार भिडियोमा बाबु छोराको प्रगाढ प्रेम देखाउन सफल यस भिडियोको जिबन्त अभिनयमा कलाकार तर्फ मिराज बिक्रम सिङ्ग र अभिशेक भुजेलको रहेको छ। 

लामो समयदेखि गीत संगीतमा सक्रीय गायक मानन्धर चलचित्रको संगीतदेखि म्युजिक भिडियोको निर्देशनमा ब्यस्त छन् ।  उनि यथार्थमा आधारित भएर गीत लेख्न र संगीत भर्न रुचाउन्छन् । ‘बाबा' गीतलाइ अफिसियल बज्र टिभी को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Logo