निर्वाचनमा देखा परेको विकृति रोकौं -माधव नेपाल

निर्वाचनमा देखा परेको विकृति रोकौं -माधव नेपाल


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । 

अध्यक्ष नेपालले गृहजिल्ला रौतहटको निर्वाचन क्षेत्र नम्बर १ स्थित रामजानकी कन्या आधारभुत माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । 

उनकी श्रीमती गायत्री नेपालले पनि मतदान गरेको नेपालले बताए । उनले जनताले पाएको सार्वभौम अधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरे । 

अध्यक्ष नेपालले मौन अवधिको बेलामा आचारसंहीताको उल्लंघन भएको भन्दै यसलाई आयोगले आवश्यक कारबाही गर्नुपर्ने बताए । 

उनले भने, ‘खासगरी निर्वाचनमा देखापरेको विकृतिहरुको बारेमा खबर धेरै सुनेको छु । रातभर पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरु हिँडेको सुनियो । खासगरी प्रमुख विपक्षीको रुपमा रहेको पार्टीका उम्मेदवारहरुले आचारसंहीताको चरम उल्लंघन गरेको भन्ने सुनेँ । राति मोटरसाइकलमा पैसा बाँड्दै हिँडेको, ठाउँठाउँमा फेला पनि परेको सुन्नमा पनि आएको छ । यी विकृतिहरुलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा धेरै कडाइ गर्नुपर्ने आवश्यकता छ ।’

Logo