पृथ्वी जयन्तीका अवसरमा भोलि सार्वजनिक बिदा

पृथ्वी जयन्तीका अवसरमा भोलि सार्वजनिक बिदा


सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको नवनियुक्त मन्त्री राजेन्द्र राईले जानकारी दिए। सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले पुस २७ मा बिदा दिने निर्णय गरेको हो। सोमबार सार्वजनिक गरिएको सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख छ। सरकारको न्यूनतम साझा कार्यक्रमलाई मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।

पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहेको थियो। तर २०६२÷६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो। सरकाले सार्वजनिक विदाको निर्णय गरेपछि बुुुुुधबार सेयर बजारको दोस्रो बजार कारोबार समेत बन्द हुनेछ ।

Logo