सामाखुसीमा बेपत्ता बालकको खोजी जारी

सामाखुसीमा बेपत्ता बालकको खोजी जारी


काठमाडौँको सामाखुसीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ। 

काठमाडौँ महानगरपालिका-३ रानीबारीस्थित सामाखुसी खोलाको बाढीले बगाउँदा आइतबार साँझ  १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए। उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिएका छन्।

सामाखुसीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए। विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए। मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताएका छन्।

Logo