टिप्पणी । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रतिक्षित आजको सचिवालय बैठक अपेक्षाकृत रहेन । "/>

चियाको कपमा आएको तुफानमा सीमित

चियाको कपमा आएको तुफानमा सीमित


काठमाडौं । केन्द्रबिन्दु डेस्क ।
टिप्पणी ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रतिक्षित आजको सचिवालय बैठक अपेक्षाकृत रहेन । १७ बैशाखको बैठकमा राँकिएका नेताहरु आजको बैठकमा सेलाएर प्रस्तुत भए । बरु सवैजसो विवादीत विषयमा ठंडा भएर निर्णय लिन सफल रहे ।

स्थायी समिति बैठक बोलाउन २० सदस्यले लिखित माग गरेको विषयमा अध्यक्ष केपी ओलीले आलटाल गरेको आरोप लाग्दै आएको थियो । तर, आजको बैठकले आउँदो २५ गतेकालागि स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।

दुई अध्यक्षलाई समान स्थानमा उस्तै कुर्सी–टेवलमा आसनग्रहण गराएर सुरु भएको आजको सचिवालय बैठकले बरु सम्बन्ध सुधारको पहल र निर्णय गरेको देखियो । अध्यक्ष लगायतका निकैजना नेताहरुले आत्मालोचना गरेका थिए । जो कम्यूनिष्ट पार्टीको सुन्दर पक्ष मानिन्छ ।

अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री र अध्यक्षवाट केपी ओलीको राजीनामा मागिएको थियो । सोही बमोजिम ओलीले कोरोना महामारीपछी प्रधानमन्त्री बामदेव गौतमकालागि छोड्ने र माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए । ओलीको प्रस्तावमा ‘होमवर्क’ गर्ने भन्दै बैठक आजकोलागि सारिएको थियो । यसको बदला बैठकले उपयुक्त समयमा बामदेव गौतमलाई प्रतिनिधिसभामा प्रतिनिधित्व गराउने निर्णय गरेको छ । त्यसैगरी माधव नेपालले तेस्रो अध्यक्ष बन्न अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको आजको सक्रियता उल्लेख्य रहेको थियो । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, अर्का अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु बामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेल लगायतसँग छुट्टा छुट्टै भेट गरेका थिए । खासगरी बामदेव र प्रचण्डसँगको भेटलाई अर्थपूर्ण रुपमा बुझिएको थियो । र, सोही अनुसारकै परिणाम आएको छ ।

चरम विवादका वीच भएको नेकपा सचिवालय बैठकमा कसरी नाटकीय परिवर्तन आयो ? यस सम्बन्धमा विश्लेषकहरुको आ–आफ्नो मत रहेको देखिन्छ । अघिल्लो सचिवालय बैठकमा आक्रोशित नेताहरु अल्पमतमा परेको हुनाले यस्तो परिणाम आएको एकथरीको बुझाई रहेको छ । नेकपामा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ वाहेकका सदस्यहरु बैठकमा पस्नुअघि नै शान्त भइसकेका थिए । रामबहादुर थापा, बामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल अध्यक्ष ओलीको कित्तामा उभिएपछि अन्य तीन भाइलाई ‘युटर्न’ हुन बाध्य पारेको थियो ।

त्यसैगरी अर्कोथरी भने चाइनिज चलखेलले नाटकीयरुपमा मिलाप गराएको विश्लेषण सुनाउँछन् । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरुलाई द्रुत गतिमा हिजो भेट गरेकी थिईन् । जे होस्, २५ बैशाखमा हुने पार्टीको स्थायी समिति बैठकसम्म नेकपा भित्रको तुफान शान्त भएको छ ।

Logo