नेकपाका नेता रावलले गरे पीएचडी

नेकपाका नेता रावलले गरे पीएचडी


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले पीएचडी गरेका छन् । नेता रावलले नेपालमा राजनीतिक हिँसा र माओवादी विद्रोहमा अनुसन्धान गर्दै त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेका हुन् ।

अछामबाट प्रतिनिधि सभा सदस्यसमेत रहेका रावलले राजनीति शास्त्रमा विद्यावारिधी गर्दै सोमबार भाइभा सकेको जनाएका छन् । नेता रावलले विद्यावारिधी गरेको भन्दै नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल फेसवुकमा बधाइ दिएका  छन् ।

उनले फेसवुक स्टाटर्समा लेखेका छन्–‘ राजनीतिको व्यस्ततका बीचमा समय निकालेर ‘ पोलिटिकल भ्वाइलेन्स एण्ड द माओस्ट इन्सर्जेन्सी इन नेपाल ’ विषयमा विद्यावारिधी (पीएचडी) उपाधि हासिल गर्नुभएकोमा प्रखर राष्ट्रवादी नेता, नेपालको शान्ति प्रक्रियाका गहन अध्येता, नेकपा स्थायी कमिटीका सदस्य क. भीम रावललाई हार्दिक बधाई ।’

Logo