सनराइज बैंकको सनराइज पपकर्न मेनिया

सनराइज बैंकको सनराइज पपकर्न मेनिया


काठमाडौं ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आाफ्ना ग्राहक महानुभावहरुको लागि सनराइज बैंकले क्युएफएक्ससँग सहकार्य गरी सनराइज पपकर्न मेनिया नामक योजना ल्याएको छ ।

फाल्गुन २, २०७६ देखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्र्र्तगत सनराइज बैंकका ग्राहकले क्युएफएक्सका सम्पूर्ण सिनेमा हलहरुमा योजना अवधिभर कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकर्न निःशुल्क प्राप्त गर्न सक्नेछन् । यस योजनामा समावेश हुनको लागि ग्राहक महानुभावहरुले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी क्युएफएक्स स्थित पोइन्ट अफ सेल्स टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ ।

प्रति कारोबार अधिकतम पाँचवटा सम्म पपकर्न निःशुल्क प्राप्त गर्न सकिने बैकले जनाएको छ । सनराइज बैंकले केहि वर्ष अगाडी पनि क्युएफएक्सको २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो ।

डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट झुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले विभिन्न व्यापारिक प्रतिष्ठानहरु, होटल, अस्पताल लगायतको क्षेत्रसँग समन्वय गरी विभिन्न किसिमका छुट योजना, क्यास ब्याक योजना लगायतका अन्य आकर्षक योजना ल्याउँदै आएको छ । यस किसिमका योजनाहरुले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई लाभान्वित बनाउने आशा बैंकले लिएको छ ।

Logo