डा. केसीद्वारा फेरि सरकारको ध्यानाकर्षण

डा. केसीद्वारा फेरि सरकारको ध्यानाकर्षण


काठमाडौं,

प्राडा गोविन्द केसीले मेडिकल कलेजहरूले विगतमा विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता गरेपछि मात्र ती कलेजमा सिट संख्या निर्धारण गर्न र ओपन काउन्सिलिङको प्रक्रिया अघि बढाउन पुनः आग्रह गर्नु भएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै उहाँले अवैधरूपमा असुलिएको अतिरिक्त शुल्क फिर्ता गराई उक्त कार्यमा संलग्न कलेजलाई कारबाहीको प्रक्रियामा ल्याउन आग्रह गर्नु भएको हो। उहाँले आफूसितको विगतको सम्झौता कार्यान्वयन गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको हो।

प्राडा केसीले मेडिकल कलेजका शुल्क तथा सिट माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन अनुसार तोकिनुपर्ने, विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्दा पराशर कोइरालाको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा सम्झौता अनुसारको संशोधन गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया बढाउनु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यथाशीघ्र एमडीजीपीको पठनपाठन तथा एमबीबीएस लगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने र संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरूमा पीडितको विश्वास जित्न सक्ने विज्ञहरूलाई नियुक्त गरी गम्भीर तथा मानवताविरोधी अपराधका दोषीलाई अन्तर्राष्ट्रिय कानुन बमोजिम कारबाही गर्नुपर्ने जस्ता आफ्ना पुरानै माग उठाउनु भएको छ।
नेपाल समाचारपत्रबाट

Skip This
Logo