‘देश स्वर्ग बन्छ भने म नर्क जान तयार छु’ : प्रधानमन्त्री ओली

‘देश स्वर्ग बन्छ भने म नर्क जान तयार छु’ : प्रधानमन्त्री ओली


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देश स्वर्ग बन्छ भने आफू नर्क जान तयार रहेको बताएका छन् ।

बुधबार बेलुकी ‘योहो’ टेलिभिजनसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका साथीहरुको निरन्तर अवरोधले संसद विघटन गरेको बताए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विषयमा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डका परिवार, आफन्त र नातागोताको स्थिती मात्रै परिवर्तन गरेको बताए । ‘प्रचण्डले शहिद परिवारका एउटा बच्चा पढाउनु भएको छ ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।राजधानीबाट

Logo