‘नाडा अटो शो’ सम्पन्न, ८५ हजार अवलोकनकर्ता

‘नाडा अटो शो’ सम्पन्न, ८५ हजार अवलोकनकर्ता


भदौ १० गतेबाट सुरु भएको ‘नाडा अटो शो’ करिव ८५ हजार अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् ।

मेला विगतमा भन्दा ठूलो स्थानमा, निकै ब्यवस्थित, उत्कृष्ट स्टल र लेटेष्ट सवारी साधनका कारण निकै भब्य नाडाले जनाएको छ । यस मेलाको मुख्य आर्कषणको रुपमा केही नयाँ ब्रान्डका सवारी साधन र केही ब्रान्डले ल्याएका हाइव्रिड र इलेक्ट्रीक कारमा निकै ठूलो भिड लागेको थियो ।

यस पटकको मेलामा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल टोयोटाको लागि नेपालको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डीकेट प्रालिले जितेको छ भने उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल केटिएमका लागि नेपालको आधिकारिक विक्रेता हंशराज एण्ड हुलासचन्द एण्ड कम्पनी प्रालिले जितेको छ । त्यसैगरी बेष्ट सपोटिङ्ग स्टलकातर्फबाट टोटल लुव्रिकेण्टसका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मि ल्युव आयल प्रा.लिले जितेको छ ।

ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडाले जिपिएक्स. जेन्टलमेन २०० सि.सि. क्षमताको मोटर साइकल टिकटको लक्की ड्र गरी भाग्यशाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था गरेको थियो । नाडाका अनुसार डोरप्राइज पाउने टिकट नम्बर ०१२३३१ रहेको छ ।

समापन कार्यक्रममा नाडाका अध्यक्ष शम्भुप्रसाद दाहाल, निबर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ उपाध्यक्षहरु धु्रववहादुर थापा, कृष्णप्रसाद दुलाल र प्रकाश कपुरी, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सह कोषाध्यक्ष विक्रम सिंहानियाले सो अटो शो मा सहभागी ९५ कम्पनीहरुलाई क्रमशः मोमेण्टो समेत वितरण गरिएको थियो ।

समापन कार्यक्रममा नाडाका अध्यक्ष शम्भप्रसाद दाहालले नाडा अटो शो २०१९ लाई सफल बनाउन सहयोग गर्ने सवै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद व्यक्त गरेका छन् ।

Logo