ह्याकरको निशानामा एटिएमहरु, पिन ट्रयाक गरेर निकालियो ठूलो रकम

ह्याकरको निशानामा एटिएमहरु, पिन ट्रयाक गरेर निकालियो ठूलो रकम


नेपाली बैंकका एटिएमहरु ह्याकरको निशानामा रहेको खुलेको छ।

प्रहरीले शनिवार साँझ ५ चिनियाँ नागरिकलाई पक्राउ गरेपछि यसको रहस्य खुलेको हो । शनिवार नबिल बैंकका विभिन्न एटिएम बुथहरूबाट ठूलो मात्रामा नगद झिकिएको थियो।

ठूलो मात्रामा पैसा झिकिएपछि कर्मचारीहरूले के भएको रहेछ भनेर सिस्टमबाट त्यसलाई ट्रयाक गर्न थाले। उनीहरूले अस्वाभाविक रूपमा पैसा झिकिएको र केही शंकास्पद गतिविधि भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेकाहरूबाट एक करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर बरामद गरिएको छ।  उनीहरुको साथबाट विभिन्न बैङ्कका २५० वटा नक्कली एटिएम कार्ड समेत बरामद भएको प्रहरीले जनाएको छ ।

Logo