रसुवामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु, ७ जना घाइते

रसुवामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु, ७ जना घाइते


रसुवा ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रमा पहिरोले टाटासुमोको पछाडिको भाग पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा ७ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । चालकलाई भने केही भएको छैन ।

रसुवागढीबाट काठमाडौँ जान लागेको ना १ ज ७८२४ नम्बरको टाटासुमोको पछाडीको भागमा पहिरो झरे पछि दुई जनाको घटनास्थलमा नै ज्यान गएको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए ।

गाडीमा १० जना यात्रु रहेका थिए । घाइतेको उपचारको लागि टिमुरे स्वास्थ्य चौकी लगिएको छ। शनिबार साँझ ५ बजे पहिरो गएको हो । थप विवरण आउन बाँकी छ।
नागिरकबाट

Logo