विश्वकप छनोट : नेपाल र कतारको खेल चल्दै

विश्वकप छनोट : नेपाल र कतारको खेल चल्दै


काठमाडौं,

आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा नेपाल कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल अहिले चल्दैछ । नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ गरेको हो । नेपाली टिममा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, बसन्त रेग्मी, अविनाष बोहरा र ललित नारायण राजवंशी छन् ।

आजको खेल निर्धारित समयभन्दा १५ मिनेट ढिलो शुरु भएको थियो । ताजा अवस्थामा नेपालले ३ विकेट गुमाएर १३. ३ ओभरमा ८५ रन जोडेको छ । ज्ञानेन्द्र मल्ल २४ बलमा २३ रन बनाउँदै बाहिरिए भने पारस खड्का १७ बलमा २८ रन बनाउँदै आउट भए । यस्तै शरद शरद भेषावकर पनि १३ बलमा ७ रन बनाउँदै बाहिरिसकेका छन् ।

Logo