धनगढी बम विस्फोटको जिम्मा विप्लव समूहले लियो

धनगढी बम विस्फोटको जिम्मा विप्लव समूहले लियो


धनगढी । धनगढी बम विस्फोटमा परी ज्यान गुमाउने राम बहादुर सिंह आफ्नो कार्यकर्ता भएको विप्लव समूहले पुष्टि गरेको छ । विप्लव समूहको सेती–महाकाली ब्यूरो इञ्चार्ज ‘निर्माण’ ले एक विज्ञप्ति जारी गर्दै ज्यान गुमाएका सिंह आफ्नो कार्यकर्ता भएको स्वीकार गरेका हुन् ।

पार्टी कामको सिलसिलामा आत्म सुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको उल्लेख गर्दै विप्लव समूहले सिंहलाइ सहिद घोषणा गरेको छ ।

बिहीबार साँझ धनगढी उपमहानगरपालिका सहिद गेट नजिकै बम विस्फोट हुँदा सिहसहित ५ जना घाइते भएका थिए । उनको गएराति नै उपचारका क्रममा मायामेट्रो अस्पतालमा मृत्यु भएको थियो।

अन्य घाईतेको उपचार भईरहेको छ । घटनामा परी कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Logo