एयरपोर्टमा दिपिकालाई सुरक्षागार्डले जब आईडीकार्ड मागे

एयरपोर्टमा दिपिकालाई सुरक्षागार्डले जब आईडीकार्ड मागे


अहिले दिपिका पादुकोणको एउटा भिडियो सोसल मिडियाहरुमा भाइरल भइरेको छ । भिडियो मुम्बई एयरपोर्टको हो । भिडियोमा दिपिका उनका पिता प्रकाश पादुकोणसँग एयरपोर्टमा प्रवेश गर्दै गरेको देखिन्छ । प्रवेशद्वारमा बसेका सुरक्षा गार्डले दिपिकालाई आईडी माग्छन् उतिबेला दिपिका निकै अगाडि पुगिसकेकी हुन्छिन् । दिपिकाले सुरक्षागार्डको आवाज सुन्ने वित्तिकै उनी फर्केर आइडीकार्ड देखाउँछन् ।

खासमा दिपिका उनको पितासँग बेग्लोर गइरहेकी थिइन् । मुम्बई एयरपोर्ट भित्र उनीहरु प्रवेश गरेका छन् । मिडियाहरुको भिडले गर्दा दिपिका सरासर प्रवेशद्धारबाट सिधैं अगाडि बढ्छिन् । त्यतिनै बेला त्यहाँ सुरक्षाको लागि खटिएका सुरक्षागार्डले आईडी देखाउन माग गर्छन् । दिपिकाले पनि केहि प्रतिक्रिया बिना उसलाई ब्यागबाट झिकेर आईडी कार्ड देखाउछिन् ।

एकातिर दिपिकाको यहि शालिन व्यवहार र सुरक्षामा खटिएका सुरक्षागार्डको ड्युटीप्रतिको इमान्दारले सबैको मन जितिरहेको छ । यसै कारण यो भिडियो सबैले मनपराइरहेका छन् भने अर्कोतिर दिपिकाको प्रशंसक रिसाएका छन् । ती सुरक्षागार्डको नियत नै दिपिकालाई अपमान गर्ने थियो भन्दै आक्रोसित भएका छन् ।

बलिउड एक्टे«स दिपिका पादुकोणलाई नचिन्ने सायदै कोहि होलान् । उनले बलिउडदेखि हलिउडसम्म अभिनयको जादु छरिसकेकी छिन् । ‘ब्युटी विथ बोल्ड’ को रुपमा चिनिएकी दिपिकाको प्रशंसक संसारभरी नै फैलिएका छन् । बलिउड देखि हलिउडसम्मकाले उनलाई चिन्छन् ।

उनी जहाँ जान्छिन् त्यहि मानिसहरुको भिड लाग्छ । उनलाई मनपराउने, चिन्नेहरुको भिडले घेरिन केहि बेर पनि लाग्दैन् । तर उनलाई आईडी माग्ने सुरक्षागार्ड को थिए ? के उनले साँच्चै दिपिकालाई चिनेनन् ? ती सुरक्षागार्ड आफ्नो ड्युटी निभाइरहेका थिए वा दिपिकाको इन्सल्ट गर्न चाहन्थे ?

हाल दिपिकाले चलचित्र ‘छपाक’ को सुटिङ सकाएकी छिन् । यस चलचित्रमा दिपिकाको अलावा विक्रान्त मैसी छन् । यो एक वायोपिक हो । एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालमाथि आधारित छ ।

Logo