प्रहरीको गोली लागेर घाइते भएका व्यक्तिको मृत्यु

प्रहरीको गोली लागेर घाइते भएका व्यक्तिको मृत्यु


रुपन्देही,

रुपन्देहीमा बिहीबार साँझ प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जना भारतीय नागरिकको ज्यान गएको छ ।

हतियारसहित नेपाल प्रवेश गर्ने क्रममा भारत महाराजगञ्ज फरेण्डाका ५० वर्षीय धिरज धोबीमाथि रुपन्देहीको सिद्धार्थनगरमा प्रहरीले गोली हानेको थियो । गोली उनको पेटमा लागेको थियो ।

उपचारको क्रममा धोबीको भारतको महाराजगञ्जमा ज्यान गएको बताइएको छ । यो घटनामा ३ जना प्रहरी पनि घाइते भएका थिए ।

Skip This
Logo