चिर्पटले हानेर साथीको हत्या गर्ने २ जना ७ महिनापछि पक्राउ

चिर्पटले हानेर साथीको हत्या गर्ने २ जना ७ महिनापछि पक्राउ


सिन्धुपाल्चोक । साथीको हत्यामा संलग्नको आरोपमा २ जना ७ महिनापछि पक्राउ परेका छन् । मेलम्ची नगरपालिका–९ का नवराज थापाको २०७५ असोज २० गते हत्या भएको थियो । उनको हत्या आरोपमा सोही ठाउँका ताहाबहादुर भण्डारी र विनोद गिरी ७ महिनापछि पक्राउ परेका हुन् । दुवै जनाले आफुहरुले नै हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जानकारी दिए । साबिती बयान दिएपछि हामीले सार्वजनिक गरिएको उनको भनाई छ ।

गत असोज २० गते मादक पदार्थ सेवन गरेर सामान्य विवाद भएको थियो । थापाले अपमान गरेको भन्दै भण्डारी र गिरीले चिर्पटले टाउकोमा हिर्काए थिए । भुईमा ढलेका थापालाई दुवै जनाले पेटीले घाँटीमा बाँधेर तानेर नजिकै रहेको ऐसेलुघारीमा फालेका थिए । प्रहरीले ९ दिनपछि थापाको शव भेटेको थियो ।

घटनाको ७ महिनापछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको सहयोगमा भणडरी र गिरी पक्राउ परेका हुन् । मृतकको साथमा रहेको मोबाइल लिएर भागेका भण्डारी र गिरी त्यही मोवाइलको आधारमा पक्राउ परेका हुन् ।

Logo