माउन्टेन हाईड्रो नेपाल लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपिओ) आज (आइतबार)बाँडफाँड गरिएको छ। "/>

माउन्टेन हाईड्रोको आइपीओ कसलाई कति ?

माउन्टेन हाईड्रोको आइपीओ कसलाई कति ?


माउन्टेन हाईड्रो नेपाल लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपिओ) आज (आइतबार)बाँडफाँड गरिएको छ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार आईपिओ वितरण गरिएको हो । जस अनुसार २३ हजार ९६५ आवेदकले ४० कित्ता शेयर प्राप्त गरेका छन् भने २६ हजार ९७३ आवेदकले ३० कित्ता शेयर पाएका छन्। त्यस्तै गरि ५० हजार ९३८ जना आवेदकलाई १० कित्ताका दरले र ३० कित्ताका दरले १५ लाख २८ हजार १४० कित्ता शेयर बाँडफाँड गरिएको हो।

यसरी बाँडफाँड गरेर बाँकी रहेको दुई लाख ३९ हजार ६५० कित्ता शेयर गोलाप्रथाबाट ५० देखि ९ हजार ७५० कित्तासम्म आवेदन गरेका ५० हजार ९३८ आवेदकमध्येबाट  २३ हजार ९६५ आवेदकलाई ४० कित्ताका दरले  शेयर वितरण गरिएको छ ।

माउन्टेनले फागुन २३ देखि २८ गतेसम्म आयोजना प्रभावित बासिन्दाबाट अवितरित ५ लाख ६६ हजार ११० कित्ता गरि कूल एक सय रुपैयाँ अंकित दरका १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

कम्पनीले तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आईपिओ जारी गरेपछि माउन्टेनको चुक्ता पूँजी एक अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

Logo