तीन घण्टा बसेर सकियो ‘सर्वदलीय बैठक’

तीन घण्टा बसेर सकियो ‘सर्वदलीय बैठक’


काठमाडौं ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठक सकिएको छ । बैठक करिब ३ घण्टासम्म चलेको थियो ।

सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको शुरूमै सहभागी नेताहरूलाई स्वागत गर्दै आजको बैठक आयोजना गर्नु पर्ने उद्देश्यमाथि प्रकाश पारेका थिए ।

उनले कोभिड १९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका थिए । सर्वदलीय बैठक बस्नु अघि आज मन्त्रिपरिषद् बैठक पनि बसेको थियो ।

देशभर राजावादीहरुको प्रदर्शन हुन थालेपछि प्रधानमन्त्रीले यस विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

यस अघि नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा कायम रहेको सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ गते पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए।

Logo