काठमाडौं । यस वर्षको भारती खरेल पुरस्कार प्रा रमा शर्मालाई प्रदान गरिएको छ । नेपालमा विगत ५ दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यको विकास, विस्तार सम्बर्द्धनमा समीक्षा, अनुसन्धान, प्राध्यापन, निबन्ध सृजना र नेपाली शिक्षा परिषद् जस्ता संस्थाको संचालन र व्यवस्थापनका माध्यमबाट दिएको उल्लेखनीय योगदानको सम्मान गर्दै शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो । "/>

यस वर्षको भारती खरेल पुरस्कार रमा शर्मालाई

यस वर्षको भारती खरेल पुरस्कार रमा शर्मालाई


काठमाडौं । यस वर्षको भारती खरेल पुरस्कार प्रा रमा शर्मालाई प्रदान गरिएको छ । नेपालमा विगत ५ दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यको विकास, विस्तार सम्बर्द्धनमा समीक्षा, अनुसन्धान, प्राध्यापन, निबन्ध सृजना र नेपाली शिक्षा परिषद् जस्ता संस्थाको संचालन र व्यवस्थापनका माध्यमबाट दिएको उल्लेखनीय योगदानको सम्मान गर्दै शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी ५१ हजार रहेको छ ।

यो पुरस्कार यसअघि वरिष्ठ साहित्यकारहरु डायमन्ड सम्शेर राना, केशवराज पिडाली, प्रा. गोपाल निधि तिवारी, माधुरि भट्टराई, प्रा. डा. चूडामणि बन्धु, प्रा. जगन्नाथ शर्मा त्रिपाठि, प्रा. कृष्ण प्रसाद पराजुलि, प्रा. शिवगोपाल रिसाल, परशु प्रदान, नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाईलाई प्रदान गरिएको थियो ।

भारती खरेलको ८१ औ जयन्तीको अवसरमा आयोजित कार्यक्रमबाट शर्मालाई सम्मानित गरिएको हो । भारती खरेल प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार शैलन्द्र साकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोईराला थिईन् ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव प्रा. प्रयागराज भट्टराईले स्वागत मन्तव्य राख्दै प्रतिष्ठानको गतिविधि र प्रतिवेदनबारे जानकारी गराएका थिए । भारति खरेल प्रतिष्ठान, समाजसेवि चन्द्रिकानन्द खरेलले आफ्नी जिवन संगिनी भारती खरेलको स्मृतिमा र आफ्नी माताको स्मृतिमा वरिष्ठ गायक कलाकार तथा समाजसेवी दिपक खरेलले प्रतिस्ठानको स्थापना गरेका थिए ।

Logo