काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सम्बन्धमा झुटो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखाले एक व्यक्तिलाई पक्राउ गरेको छ । "/>

प्रधानमन्त्रीबारे झुटो समाचार लेख्ने एकजना पक्राउ

प्रधानमन्त्रीबारे झुटो समाचार लेख्ने एकजना पक्राउ


काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सम्बन्धमा झुटो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखाले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

महाशाखाले पाथीभरा अनलाइन डटकमका सम्पादक स्याङ्जा हरिनाथ–५ का हरिप्रसाद मानन्धरलाई राजधानीबाट नियन्त्रणमा लिएको हो । उनी माथि विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले भ्रमपूर्ण झुठा समाचार सम्प्रेषण नगर्न तथा नराउन समेत सबैमा अनुरोध गरेको छ ।

यसैविच संक्रमणपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली अझै केही दिन अस्पतालमा नै रहने भएका छन् । स्वास्थ्यमा क्रमिक सुधार रहे पनि आरामकै लागि भएपनि उनी अझै केही दिन अस्पतालमा नै रहने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका हुन् ।

चिकित्सकहरुले अस्पतालबाट डिस्चार्ज भएपछि पनि केही दिन सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री जान नहुने समेत बताएका छन् । छातिमा संक्रमण र सुगरको मात्रा असन्तुलनपछि सोमबार बिहान प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीको उपचार प्रा.डा. अरुण सायमीको संयोजकत्वमा प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाह तथा डा. सन्त कुमार दास सम्मिलित समूहले गरिररहेको छ । प्रधानमन्त्री ओलीसँग भेटघाटमा रोक लगाइएको छ । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको जनाए । उनका अनुसार संक्रमण सर्ने खतरा भएकाले भेटघाटमा रोक लगाइएको हो ।
राजधानीबाट

Logo