मलेसियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया छनोटको समूह 'बी' को अन्तिम खेलमा सिंगापुरले नेपाललाई ८२ रनको चुनाैती दिएको छ। "/>

आइसिसी टी–२० विश्वकप: नेपाललाई ८२ रनको चुनाैती

आइसिसी टी–२० विश्वकप: नेपाललाई ८२ रनको चुनाैती


मलेसियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया छनोटको समूह ‘बी’ को अन्तिम खेलमा सिंगापुरले नेपाललाई ८२ रनको चुनाैती दिएको छ।ब्याटिङ गरेको सिंगापुर १७.३ ओभरमा ८१ रनमा अलआउट भएकाे हाे । 

सिंगापुरका लागि ओपनिङ ब्याट्सम्यान सुरेन्द्रन चन्द्रमोहनले सबैभन्दा बढी २५ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे। यस्तै मनप्रित सिंह र सिद्धान्तले १० -१० रन जोडे। बाँकी ७ जनाले दाेहाेराे अंककाे रन बनाउन सकेनन् ।

खेलमा सन्दीप लामिछानेले ४ विकेट लिए। करण केसी र सोमपाल कामीले २-२ विकेट लिन सफल भए। ललितनारायण राजवंशी र बसन्त रेग्मीले १-१ विकेट हात पारे ।

Logo