काठमाडौं

लगानी अभावले लामो समय देखि रोकिएको काठमाडौं–कुलेखानी–हेटौडा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीसँग संयुक्त विकास सम्झौता (जेडीए) सम्पन्न भएको छ । "/>

काठमाडौं–हेटौडा सुरुङमार्गमा पावर चाइनाले ९५ प्रतिशत लगानी गर्ने

काठमाडौं–हेटौडा सुरुङमार्गमा पावर चाइनाले ९५ प्रतिशत लगानी गर्ने


काठमाडौं

लगानी अभावले लामो समय देखि रोकिएको काठमाडौं–कुलेखानी–हेटौडा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीसँग संयुक्त विकास सम्झौता (जेडीए) सम्पन्न भएको छ । सुरुङमार्गको प्रवद्र्धक नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) र चीनको पावर चाइना कम्पनीबीच यो सुरुङमार्ग परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा सञ्चालन व्यवस्थापनका लागि सहमति भएको हो ।

गत साता भएको जेडीएमा पावर चाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशत सम्म लगानी गर्ने सहमति गरेको एनपीबीसीएलले जनाएको छ । पावर चाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको जनाइएको छ ।

पावर चाइनाले एनपीबीसीएलको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरेको छ भने कम्पनी पछिल्लो ३० महिना देखि पटकपटक आयोजना क्षेत्रको स्थलगत भ्रमण सम्पन्न गरिसकेको छ । पावरचाइनाले गत वर्षको पुसमा प्राविधिक प्रस्ताव समेत पेश गरिसकेको छ ।

पुनरावलोकन पश्चात यस परियोजनामा सडकको कुल लम्बाई मध्ये ४४ प्रतिशत सुरुङ तथा पुलले ओगट्ने छ । जसका कारण यो आयोजना अझै भूगर्भमैत्री रहने विश्वास कम्पनीले लिएको छ । कम्पनीले यो प्रविधि नेपालको कठिन पहाडी क्षेत्रका सडक पूर्वाधार निर्माणको क्षेत्रमा नयाँ युगको थालनी हुने विश्वास व्यक्त गरेको जनाएको छ ।
कारोबारबाट

Logo