काठमाडौं

यातायात व्यवस्था विभागले साउन १ देखि लाइसेन्सका लागि आवेदन खुलाउने भने पनि अझै नखुलाउँदा सेवाग्राही मारमा परेका छन् । "/>

नयाँ लाइसेन्सको आवेदन नखुल्दा सेवाग्राही मर्कामा

नयाँ लाइसेन्सको आवेदन नखुल्दा सेवाग्राही मर्कामा


काठमाडौं

यातायात व्यवस्था विभागले साउन १ देखि लाइसेन्सका लागि आवेदन खुलाउने भने पनि अझै नखुलाउँदा सेवाग्राही मारमा परेका छन् । सिन्डिकेट प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई हटाएर विभागलाई नेतृत्वविहीन बनाउँदा यस्तो अवस्था सिर्जना भएको हो ।

विभागका कामु महानिर्देशक प्रेमकुमार सिंहले सामान्य निर्णयका लागि पनि मन्त्रालय धाउँदा यस्तो अवस्था आएको हो । अर्को तर्फ संविधानतः सबै कार्यालयहरू प्रदेश सरकारको मातहतमा गइसक्नु पथ्र्यो । यसका लागि न त प्रदेश सरकारले आफ्नो मातहतमा आयो भनेर कुनै कार्यालयलाई पत्राचार गरेको छ, न केन्द्र सरकारले प्रदेश सरकारलाई हस्तारन्तरण नै गर्न सकेको छ । यसले पनि कार्यालयहरू अन्योलमा परेका छन् ।

विभागले गत जेठ अन्तिम साता असार महिनाका लागि सवारी चालक अनुपतिपत्र लिन आवेदन दिएका ३५ सय भन्दा बढी सेवाग्राही फारमै रद्द गरेर साउन १ देखि खोल्ने भन्दै नयाँ फारम लिन बन्द गरेको थियो । विभागले हिसाब मिलाउनुपर्ने, रिट्रायल सक्नु पर्ने भन्दै भरि सकेको फारम रद्द गर्न मातहतका कार्यालयलाई परिपत्र गरेको थियो । ट्रायल पास गरेर लाइसेन्स लिन बाँकी दुई लाख भन्दा बढी सेवाग्राही रहेका छन् ।

त्यो हिसाब मिलाउने भने पनि विभागले ल्याएका मेसिन सेटअप गर्न नसक्दा अझै १ लाख भन्दा बढी लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको विभागका एक अधिकारीले बताए । “एक महिना सम्म छिटो लाइसेन्स प्रिन्ट गराउने विषयमा नेतृत्वले चासो दिएन,” ती अधिकारीले भने, “अहिले प्रिन्ट गर्न बाँकी छ केही समय नयाँ आवेदन नखोलौं भन्ने आन्तरिक कुरा छ । सँगै कामु महानिर्देशक उस्तै परे सूचना प्रकाशित गर्नपनि मन्त्रालय नै धाउनु हुन्छ ।” उता देशभरका यातायात व्यवस्था कार्यालय (सवारीचालक अनुमतिपत्र) भने काम बिहीन भएका छन् ।
कारोबारबाट

Logo