काठमाडौँ

रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भत्काउनु पर्ने भएको छ । तर काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच द्वन्द्व कायम रहँदा करिब चार महिना देखि मन्दिर पुनर्निर्माणमा समस्या उत्पन्न भइरहेको छ । "/>

रानीपोखरीको विवाद अझै उस्तै : चार महिना देखि पुनर्निर्माणमा समस्या

रानीपोखरीको विवाद अझै उस्तै : चार महिना देखि पुनर्निर्माणमा समस्या


काठमाडौँ

रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भत्काउनु पर्ने भएको छ । तर काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच द्वन्द्व कायम रहँदा करिब चार महिना देखि मन्दिर पुनर्निर्माणमा समस्या उत्पन्न भइरहेको छ । उक्त विवादका कारण मन्दिर र रानीपोखरी पुनर्निर्माणको ठेकेदारको ठेक्का तोड्ने अवस्था आइसकेको छ । विभागले रानीपोखरीको ड्रइङ डिजाइन सहितको नयाँ नक्सा महानगरपालिकालाई बुझाइसकेको छ । विभागले गत चैत ५ गते महानगरलाई विस्तृत विवरण सहितको नक्सा कामपालाई हस्तान्तरण गरिसकेको छ ।

इन्जिनियरद्वय लक्ष्मणराज वासुकला र पू्र्णबहादुर श्रेष्ठले तयार गरेको सो नक्सा कामपालाई हस्तान्तरण गरिसकेको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले नक्सा प्राप्त भइसकेको र विस्तृत छलफल गरेर निर्माण शुरू गर्ने जानकारी दिए । उनले रानीपोखरीको मात्रै नभई मन्दिरको पनि नक्सा तयार हुनुपर्ने बताए । यद्यपि विभागले परम्परागत सामग्री प्रयोग गरेर मात्रै रानीपोखरीको पुनर्निर्माण गर्नु पर्ने सुझाएको छ ।

यसबारे थप जानकारी लिँदा मेयर शाक्यले मल्लकालीन शैलीमा नै बनाउनु पर्ने सो मन्दिर राणकालीन शैलीमा बनाइएकाले भत्काउनु पर्ने दाबी गरे । विज्ञ समूहले दिएको प्रतिवेदनको आधारमा मन्दिर निर्माण हुनु पर्ने उनको जिकिर थियो ।
नेपाल समाचारपत्रबाट

Logo