काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आज सुन १ हजार रुपैयाँले बढेको हो ।
यो हप्ताको शुरुको दिन आइतबार सुनको मूल्य प्रतितोला ९५ हजारमा कारोबार भएकोमा सोमबार पनि सोहि मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो ।
यस्तै बुधबार ९६ हजार ३ सयमा कारोबार भएको सुन विहिबार भने ९६ हजार २०० मा कारोबार भएको थियो । आज सुनको मूल्य ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९६ हजार ७ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि आज ४५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार २५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया