बैतडी, ३, कात्तिक
प्रहरीले पटाकाजन्य पदार्थ आयात र बिक्री–वितरण रोक्न भारतसँगको सीमानाकामा चेकजाँचमा कडाइ गरेको छ । "/>

पटाकाजन्य पदार्थ रोक्न सीमानाकामा कडाइ

पटाकाजन्य पदार्थ रोक्न सीमानाकामा कडाइ


बैतडी, ३, कात्तिक
प्रहरीले पटाकाजन्य पदार्थ आयात र बिक्री–वितरण रोक्न भारतसँगको सीमानाकामा चेकजाँचमा कडाइ गरेको छ । भारतबाट आयात हुने पटाका रोक्न सीमानाका झुलाघाट लगायतका क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको हो । बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले पटाका ओसारपसार, किनबेच गर्ने र प्रयोग गर्ने सबैलाई कारबाही गरिने बताए । ‘सीमानाकामा विशेष निगरानी राखेका छौँ,’ उनले भने, ‘ओसारपसार र बिक्री–वितरणसँगै प्रयोग गर्ने गरेको पाइएमा ठाउँको ठाउँ कारबाही हुन्छ ।’

सीमानाका झुलाघाटसँगै भारतसँग सीमा जोडिएको तल्लोस्वराडका विभिन्न घाटबाट पनि अवैध सामान भित्रिने गरेको छ । पटाकाको ओसारपसार र कारोबार हुने ठाउँको पहिचान गरेर प्रहरीले निगरानी बढाएको डिएसपी शर्माले बताए । ‘अन्य ठाउँहरूमा पनि निगरानी बढाएर पटाका पड्काउने, पड्काउन उक्साउने, बिक्री गर्ने र ओसारपसार गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइने प्रयास गरेका छौँ ।’ उनले भने ।
नयाँपत्रिकाबाट

Logo