विदेशी संचार माध्यममा अमेरिकी विदेशमन्त्री एन्टोनी, चीनका गतिविधिबारे व्यापक आलोचना 

विदेशी संचार माध्यममा अमेरिकी विदेशमन्त्री एन्टोनी, चीनका गतिविधिबारे व्यापक आलोचना 


अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्वावस्थामा फर्किएको बताएका छन् । कार्यभार सम्हालेपछि पहिलोपटक विदेशी संचार माध्यमलाई अन्तर्वार्ता दिँदै उनले डोनाल्ड ट्रम्पको कार्यकाल अगाडिकै अवस्थामा अमेरिका फर्किएको उल्लेख गरेका हुन् । कोरोना भाइरस महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकांक्षा जस्ता समस्या सल्ट्याउन अमेरिका प्रतिबद्ध रहेको समेत उनले बताएका छन् । बीबीसीसँग कुरा गर्दै उनले कोभिड–१९ विरुद्ध विश्वब्यापी खोप कार्यक्रममा जोड दिए ।

भाइरसको उत्पति विषय अनुसन्धानका लागि पारदर्शिता नदेखाएको भन्दै उनले चीनको आलोचना पनि गरे । उनले भाइरस उत्पतिका विषयमा प्रकाश पार्ने सूचना उपलब्ध गराउन नसकेको भन्दै चीनको विरोध गरे ।

ब्लींकेनका यी अभिव्यक्तिलाई डोनाल्ड ट्रम्पले लिएका विदेश नीतिमा हुने ब्यापक फेरबदलको संकेतको रुपमा हेरिएको छ । विश्वका धनी औद्योगिक राष्ट्रहरुको समूह जी–सेभेन भर्चुअल सत्रका लागि जुटिरहेको बेला ब्लिंकेनको यस्तो भनाइ आएको हो । एकवर्षभित्र विश्वका १ सय ९० देशका मानिसलाई दुई अर्ब मात्र खोप दिने उद्देश्य रहेको विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमका लागि अमेरिकाले ४ अर्ब डलर सहयोग गर्ने भएको छ । विश्वका सबैले खोप नलाउँदासम्म कोही पनि सुरक्षित नहुने ब्लिंकेनले बताएका छन् ।

यस्तै ब्लिंकले इरानका विषयमा बोल्दै अमेरिका र उसका युरोपेली साझेदारहरु पुरानै अवस्थामा रहेको बताएका छन् । अफगानिस्तानमा विदेशी फौज राखिराख्ने विषयमा अमेरिकाले आफ्नो नीतिको समीक्षा गरिरहेको पनि उनले बताएका छन् । यसैगरि बन्धक बनाइएकी दुबईकी शासककी छोरी लतिफा अल मुक्तमको अवस्थाबारे अमेरिकाले नजिकबाट हेरिरहेको समेत उनले बताएका छन् भने, पछिल्लो घटना म्यानमारको सैन्य कू लाई उनले ऐतिहासिक लोकतान्त्रिक संक्रमणमा दुःख लाग्दो पश्चगमनका रूपमा व्याख्या गरेका छन् । चीनको सूचना जगतलाई कम खुलापन भन्दै ब्लिंकेनले बीबीसीलाई रोक लगाउने चिनियाँ कदमको विरोध पनि गरका छन् ।

Logo