आज काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौति हुने

आज काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौति हुने


काठमाण्डौको कीर्तिपुर र जोरपाटीलगायतका क्षेत्रमा शनिबार विद्युत कटौति हुने भएको छ ।

कीर्तिपुर वितरण केन्द्रको रोपवे फिडर अन्तर्गत बल्खु खोला नजिक आज स्विच जडानको काम हुन बिजुली कटौति हुन लागेको हो ।

मर्मतको काम गर्नुपर्ने भएकाले रोपवे फिडरमा पर्ने सिभीलहोम, कीर्तिपुर रिङरोड, पाँगा, ट्याङ्लाफाँटलगायत ठाउँमा आज साढे २ घण्टा बत्ती जाँदैछ । 

बिहान साढे १० बजेदेखि १ बजेम्म लाइन काटेर मर्मतको काम गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस्तै जोरपाटी वितरण केन्द्रको साँखु फिडर अन्तर्गतका मायापाटी, ब्रह्मखेल, इन्द्रायनी, साँखु, जर्शिङ पौवा, नाङ्लेभीरलगायतका क्षेत्रमा लाइन स्थानानन्तरणको काम हुँदैछ ।

यो क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ६ घण्टा बत्ती जाने भएका प्राधिकरणले जनाएको छ । 

Logo