नेपालमा आज १२ जना संक्रमितको मृत्यु, २ हजार ३२६ निको भए

नेपालमा आज १२ जना संक्रमितको मृत्यु, २ हजार ३२६ निको भए


काठमाडौं ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ३२६ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ । आज मात्र १२ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा आज १ हजार ६९८ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार ४६९ , भक्तपुरमा ९९ र ललितपुरमा १३० जना थपिएका हुन् ।

यससँगै, काठमाडौंमा ४४ हजार ७३२, ललितपुरमा ६ हजार २११ र भक्तपुरमा ४ हजार ४४१ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ५५ हजार ३८५ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । आज २ हजार ९४२ जना थपिएका छन् ।

आजको पिसिआर परीक्षण १४ हजार ८७५ रहेको छ । आज ३९ हजार ३४१ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo