आज मृत्यु हुने संक्रमितको संख्या १९, निको हुने ३ हजार ५६४

आज मृत्यु हुने संक्रमितको संख्या १९, निको हुने ३ हजार ५६४


काठमाडौं ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ५६४ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ । आज मात्र १९ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा आज १ हजार ९३५ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार ६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जना थपिएका हुन् ।

यससँगै, काठमाडौंमा ४० हजार २८, ललितपुरमा ५ हजार ५५५ र भक्तपुरमा ३ हजार ९५५ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ४९ हजार ५३९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । आज ३ हजार ७४९ जना थपिएका छन् ।

आजको पिसिआर परीक्षण १६ हजार ५९८ रहेको छ । आज ३६ हजार ५३३ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo