थुनुवा कक्षमा युवक मृत फेला, ‘आत्महत्या’ भनेर समाचार लेखेपछि कार्यालयमै गएर पत्रकारमाथि हातपात (भिडियो)

थुनुवा कक्षमा युवक मृत फेला, ‘आत्महत्या’ भनेर समाचार लेखेपछि कार्यालयमै गएर पत्रकारमाथि हातपात (भिडियो)


जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका १९ वर्षीय एक युवक मृत भेटिएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नं १ का रोशन बिक थुनुवा कक्षको शौचालयमै मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले शौचालय भित्र उनी झुण्डिएको अवस्थामा फेला परेका बताए । उनी केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका थिए।

प्रहरीले उनले आत्महत्या गरेको बताएको छ भने पीडित परिवारका सदस्यहरुले आत्महत्या नभएको दावी गरेका छन् ।

यसैबीच आत्महत्या भन्ने समाचार प्रकाशन गरेको भन्दै स्थानीय युवाहरूले धनगढीस्थित दिनेश एफएममा आक्रमण गरेका छन्। एफएमको कार्यालयमा पुगेर युवाहरूले एफएमका सह–सम्पादक जनक विष्टमाथि हातपात गरेका छन् ।

Logo