प्रधानमन्त्री पत्नी आरजुको साथ सिर्जना सिंहलाई

प्रधानमन्त्री पत्नी आरजुको साथ सिर्जना सिंहलाई


काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएकी सिर्जना सिंहलाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले जितको लागि अग्रिम शुभकामना दिएकी छन् । 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी सिंहलाई राणाले जितको लागि अग्रिम शुभकामना दिएकी हुन् । 

आज काठमाडौंमा आयोजित महिला भेटघाट कार्यक्रममा उपस्थित भएर राणाले सिंहलाई महानगरमा मेयर पदको लागि अग्रिम बधाइ ज्ञापन गर्नुभयो । सो क्रममा राणाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने बताइन् । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले अब महिलाबाटै विकास सम्भव रहेको बताइन् । उनले काठमाडौं महानगरको नेतृत्वको लागि सिंहले दिएको उम्मेदवारीबाट हरेक काठमाडौंवासी महिलाहरु खुही भएको र अब महिलाका समस्याहरु समाधान हुनेमा विश्वस्त भएको बताइन् । 

काठमाडौंका सबै वडाका महिलाहरुले आज एक कार्यक्रम आयोजना गरी काठमाडौं महानगरको नेतृत्वका लागि उम्मदेवारी दिएकी सिंहलाई अग्रिम जितको शुभकामना प्रकट गरेका छन् । मेयरकी उम्मेदवार सिंह नेता प्रकाशमान सिंहकी धर्मपत्नीसमेत हुन् ।  
 

Skip This
Logo