अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु

अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु


अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

वाशिंगटनको रेन्टन उपनगरमा  सिएटलमा  बन्दुकको धेरै आवाज सुनेपछि स्थानीयहरूले  प्रहरी अधिकारीहरूलाई बोलाएका थिए । प्रहरीका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

रेन्टन पुलिस विभागले पेस गरेको आधिकारिक विवरणअनुसार  लोगान एभिन्यु साउथको १०० ब्लकमा उक्त घटना भएको हो । विवादपछि गोली हानहान भएको थियो ।  आक्रमणकारीको पहिचान खुलाइएको छैन् ।

एजेन्सी

Logo