यस वर्ष १६ अर्ब रुपैयाँको विद्युत निर्यात हुन्छ : कुलमान घिसिङ

यस वर्ष १६ अर्ब रुपैयाँको विद्युत निर्यात हुन्छ : कुलमान घिसिङ


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत व्यापारमा खुला बहुँच र प्रशारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशाला कार्यक्रममा बोल्दै निर्देशक घिसिङले विद्युत प्राधिकरणले ट्रान्समिसन प्रशारण लाइनको जोखिम, शुल्क तिर्ने र २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा हुन नसक्ने स्पष्ट परेका हुन् ।

निर्देशक घिसिङले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रशारण शुल्क बढाउँदै जान नहुने बताए । उनले पछिल्लो समय ट्रान्समिसन प्रशारणमा शुल्क उच्च हुँदै गएको भन्दै उनले प्रशारण लाइनको लागत कम गर्नुपर्ने बताए ।

उनले विद्युतको मूल्य भारतमा राम्रो पाएकाले यो वर्ष विद्युत प्राधिकरणले करिव १६ अर्ब रुपैयाँ विद्युत निर्यातबाट कमाउने दाबी गरे  । गत वर्ष प्राधिकरणले ५ अर्बको विद्युत निर्यात गरेको थियो ।

Logo