कन्ट्रोभर्सीले भरिएको टिभी रियालिटी शो बिग बोस को १२ औँ संस्करण सुरु भइसकेको छ । बिग बोसको घरमा पहिलो कन्टेस्टेन्ट कथक डान्सर करणवीर बोहराको तोपमा अनुहार हालेर कालो बनाइदिएका छन् । "/>

सुरु भयो बिग बोस सिजन –१२

सुरु भयो बिग बोस सिजन –१२


कन्ट्रोभर्सीले भरिएको टिभी रियालिटी शो बिग बोस को १२ औँ संस्करण सुरु भइसकेको छ । बिग बोसको घरमा पहिलो कन्टेस्टेन्ट कथक डान्सर करणवीर बोहराको तोपमा अनुहार हालेर कालो बनाइदिएका छन् । बिग बोसको होस्ट बलिउडका सुपरस्टार सलमान खान हुन् । यो उनको नवौँ पटकको होस्ट हो ।

यो शो मा १८ जनाले भाग लिएका छन् । आठौं कन्टेस्टेन्टको रुपमा रहेका ६५ वर्षीय भजन सम्राट अनुप जलोटा निकै चर्चामा छन् । उनी आफ्नी २८ वर्षीया गर्लफ्रेण्ड जसलिन मथारुको साथमा ईन्ट्री मार्दा चर्चामा आएका हुन् ।

समुन्द्र किनारको थिममा बनाइएको बिग बोसको घरमा यो पटक गज्जबको जोडी देखिएको छ । यी जोडी साथी–साथी, साथी–दुस्मनको हो । जबकी सेलिब्रेटीको इन्ट्री सिंगल हो । पहिलो दिन सुुरभी राणा र मिताल जोशीको पछाडि रोशनी र कृतीले बिग बोसको घरमा इन्ट्री लिइन् । र पहिलो दिन नै दुई सदस्य सुरभी र मिताल आउट भए । यसका कारण दर्शकको रोजाई र अरु नयाँ नियम बताइएको छ ।

सलमान खानले सो लन्च गर्दै सबैलाई अचम्मित तुल्याउदैँ जानकारी दिए कि सिजन १२ मा जोडी भर्सेज सिगंल हुनेछ । उनले भने ‘यो बिग बोसको इतिहासमा पहिलो पटक भएको हो । र दुई सदस्य पहिलो दिन नै घर जानेछ ।’ वास्तवमा यस्तै भयो ।

बिग बोसको पहिलो कन्टेस्टेन्ट करणवीर बोहराले ‘देखा हे जब से तुझको’ गीतमा पर्फम गर्दै इन्ट्री भए । शो को दोस्रो कन्टेस्टेन्टको रुपमा मध्यप्रदेसको सौरभ पटेल र शिवासिस मिश्रा आए । यी दुई जोडी सामान्य रुपमा इन्ट्री भए । शिवासिस किसान हो र सौरभ एक विजनेस म्यान हो ।

टिभी सिरियल ‘ससुराल सिमर का’ सिमरको चरित्र निर्वाह गरेर फेमस भएकी दीपीका कक्कड इब्राहिम चौथो सदस्यको रुपमा इन्ट्री भइन् । सलमान खानले भने ‘विवाह भएको ६ महिना भन्दा बढि भएको छैन् ।’ दीपिकालाई उनको श्रीमान सोएब इब्राहिमले बोकेर घरमा इन्ट्री गराए ।

पाँचौ र छैँठौ सदस्यको रुपमा रोमिल चौँधरी र निर्मल सिंहको घरमा इन्ट्री भयो । उनीहरु पेसाले क्रमस वकिल र सिपाही हुन् । यसैबिच रोमिल चौँधरीले सलमान खानलाई ‘यदी तपाई एक्टर नभएको भए के बन्नुहुन्थ्यो ?’ सलमान खानले भने ‘वकिल बन्थे या त पुलिस ।’

फिल्म र टिभी एक्टर्स नेहा पेंडेसेको इन्ट्री सातौ नम्बरमा भयो । उसले भनिन् उनी केवल आफ्नो मम्मीको कारणले गर्दा आएको हो किनकी उसको मम्मी सलमान खानको धेरै ठुलो फ्यान हुन् । नेहा मराठी, तामिल, तेँलगु, मलयालम र हिन्दी फिल्ममा काम गरिसकेकी छिन् ।

त्यसपछि भजन सम्राट अनुप मथारुको इन्ट्री भयो । उनले आफ्नो फेमस भजन ‘ऐसी लागि लगन’ गाउँदै इन्ट्री गरे । उसको साथ गर्लफ्रेन्ड जसलिन मथारु पनि पुगिन् । २८ वर्षकी जसलिन लामो समय देखी अनुपसँग रिलेशनसिपमा छिन् । तर उनको घर परिवारलाई भने उनीहरुको रिलेशनको बारेमा थाहा छैन् ।

गर्लफ्रेन्ड ब्वाइफ्रेन्डको जोडी दिपक ठाकुर–उर्वशी वाणीको घरको सदस्यको रुपमा इन्ट्री भए । दिपक भोजपुरी गायक हुन् भने उर्वशी पनि बिहारको फेमस गायिका हुन् ।
३५ बर्षको क्रिकेटर श्रीसंतले अन्तिम सदस्यको रुपमा इन्ट्री लिए । म्याच फिक्सीङमा मुछिएका शान्ताकुमारन श्रीसंत टिम इन्डियाको लागि २७ टेस्ट ,५३ वान डे र १० टि ट्वान्टी खेलिसकेका छन् ।

Logo