काठमाडौं

नेपाल विद्युत प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएकाले केही औद्योगिक क्षेत्रमा विद्युत कटौती हुने जनाएको छ । "/>

प्रसारण लाइनको स्तरोन्नतिका लागि ४ दिन विद्युत कटौती हुने !

प्रसारण लाइनको स्तरोन्नतिका लागि ४ दिन विद्युत कटौती हुने !


काठमाडौं

नेपाल विद्युत प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएकाले केही औद्योगिक क्षेत्रमा विद्युत कटौती हुने जनाएको छ ।

प्राधिकरणले एक सूचना मार्फत ढल्केवर–मुज्जफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनलाई साउन २८ गते देखि ३१ गते सम्म स्तरोन्नति गर्न लागिएको जनाएको छ । हाल सो प्रसारण लाइन १३२ केभीमा सञ्चालन भइरहेकामा स्तरोन्नति गरी २२० केभीमा सञ्चालन गर्न लागिएको छ ।

साउन २८ गते देखि ३१ गते सम्म स्तरोन्नतिका लागि सो प्रसारण लाइनबाट आयात भइरहेको विद्युत कटौती हुनेछ । त्यहाँबाट औद्योगिक क्षेत्रमा प्रवाह भइरहेको विद्युत ती दिनमा साँझ ७ बजे देखि राति ९ बजे सम्म दुई घण्टा काटिने प्राधिकरणले जनाएको छ ।

कोहलपुर देखि दुहबी सम्म ग्रीड र वितरण तथा ग्राहक सेवाका सवस्टेसनबाट औद्योगिक फिडरमार्फत विद्युत आपूर्ति हुने ग्राहकको विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ । विद्युत कटौतीबाट पर्न जाने असुविधा प्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

ढल्केबरमा २२० केभी क्षमताको सवस्टेशन जडान भएपछि प्रसारण लाइनको समेत क्षमता स्तरोन्नति गर्न लागिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । केही दिन पहिले मात्रै ढल्केबर सवस्टेशनको क्षमता १३२ केभीबाट स्तरोन्नति गरी २२० केभी बनाइएको थियो । आगामी वर्ष सोही सवस्टेशन ४०० केभीमा रुपान्तरित हुनेछ ।
रासस

Logo