३३ किलो सुनकाण्डका ९ अभियुक्त उच्च अदालतमा

३३ किलो सुनकाण्डका ९ अभियुक्त उच्च अदालतमा


साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा थुनामा रहेका ९ अभियुक्त उच्च अदालत पुगेका छन् । जिल्ला अदालत मोरङको आदेश पुनर्विचार गर्न माग गर्दै उनीहरु उच्च अदालत गएका हुन् ।

पूर्वडीआईजी गोविन्द निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयकुमार राउत, हेमन्त गौतम, राजन थापा, पुण्यप्रसाद लामा, भुजुङ गुरुङ, र समिर प्रसाद तोलाङगेले उच्च अदालतमा आदेश पुनर्विचारका लागि निवेदन दर्ता गराएका हुन् । जिल्ला अदालतले अभियुक्त २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

Logo