प्रतिगमनलाई पररास्त गरेर छोड्छौं : देव गुरुङ

प्रतिगमनलाई पररास्त गरेर छोड्छौं : देव गुरुङ


नेकपा प्रचण्ड–नेपाल समूहका नेता देव गुरुङले प्रतिगमनलाई पररास्त गरेरै छोड्ने बताएका छन् ।  

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभामा उनले यस्तो बताएका हुन् ।  

केपी ओली प्रतिगमनका नाइके भएकाले उनको कदमको विरुद्धमा गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि आन्दोलन गरिएको उनले बताए । ओलीको तानाशाह नसकिएसम्म आन्दोलन जारी रहने पनि उनले बताएका छन् ।

प्रतिनिधिसभा विघटन लगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत यस समूहले आज पनि विरोध प्रदर्शन गरेको हो ।  

Logo