सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएन : प्रेम सुवाल

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएन : प्रेम सुवाल


नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील नभएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नागरिक कोभिडको त्रासमा आक्रान्त भइरहेको बेला सरकार भने खोपमा कमीसन खोजेर बसेको आरोप लगाए । 

उनले अरुले दिएको खोप ल्याएर सदुपयोग गर्न पनि सरकार असफल भएको बताए । 

सुवालले सरकारले सुरु गरेको खोप अभियान सकारात्मक भएपनि यसलाई व्यवस्थित गर्न नसकेको उनको भनाइ थियो ।

Logo