सर्वोच्चका लागि सिफारिश गरिएका दुई न्यायाधीश अनुमोदित

सर्वोच्चका लागि सिफारिश गरिएका दुई न्यायाधीश अनुमोदित


सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ।  

समितिले डा कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो।

समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको समितिको बैठकले आजै सुनुवाइ गरेको थियो। यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई  लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो।

Skip This
Logo