आज पनि शेयर बजारमा दोहोरो अंकको गिरावट

आज पनि शेयर बजारमा दोहोरो अंकको गिरावट


साताको कारोबारको अन्तिम दिन आज पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से २३.५२ अंकले घटेर १८९३.७० बिन्दुमा झरेको हो । बुधबार पनि शेयर बजार ३९.१५ अंकले घटेको थियो । 

बिहीबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । कारोबारमा आएका २२६ कम्पनीको ३१ लाख १४ हजार कित्ता शेयर १ अर्ब ११ करोड ९४ लाख ६१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबार १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

सबैभन्दा धेरै शिवम सिमेन्ट १० करोड २२ लाख ३५ हजार बढी रुपैयाँको सेयर किनबेच भयो । मन्दाकीनी हाइड्रोपावरको सेयर ३.९२ प्रतिशतले, सिन्धु विकास बैंकको २.७७ प्रतिशत घटेको छ।

आज सबै उपसुचक राताम्मै भएको छ । माइक्रोफाइनान्स ५०.५७, जीवन बिमा ६९.७७, विकास बैंक ४८.१, हाइड्रो पावर ४१.१८, होटल तथा पर्यटन २८.२, अन्य ३३.५७ ले घटेको छ । ट्रेडिङ २१.७८, निर्जीवन बिमा ८८.५४ अंकले ओरालो लागेको छ । १८५ कम्पनीको कारोबार हुँदा १३ कम्पनीमा मात्र सुधार आएको र १७१ कम्पनीमा भने आरालो लागे र एक कम्पनी मात्र स्थिर रहेको छ । 

Skip This
Logo