‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जले धेरै गहिरो र व्यापक अर्थ राखेको छ -ओली

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जले धेरै गहिरो र व्यापक अर्थ राखेको छ -ओली


नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जले धेरै गहिरो र व्यापक अर्थ राखेको बताएका छन् । 

अध्यक्ष ओलीले सम्पूर्ण देशवासीहरुलाई विविल राइज फाउण्डेसनले सञ्चालन गरिरहेकाे यस प्रतियोगितामा सहभागी भएर आफ्नो गाउँ र ठाउँ चिनाउन आह्वान समेत गरेका छन् । नेपालको ऐतिहासिकता, प्राकृतिक सम्पन्नता र सुन्दरतालाई विश्वव्यापी रूपमा परिचित गराउनका लागि अब ढिलो गर्ने छुट कसैलाई नभएको पनि उनको भनाइ थियो । 

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज प्रतियोगिताको प्रवर्द्धनात्मकअभियानमा समाजकालब्ध प्रतिस्ठित व्यक्तित्वहरू कलाकार, साहित्यकार, सञ्चारकर्मी, राजनीतिज्ञ, खेलाडी, सामाजिकअभियन्ता, नाट्यकर्मी, विभिन्न संघ संस्थाका कर्मचारीलगायतको सहभागिता रहेको आयोजक विविल राइज फाउण्डेसनले जनाएको छ ।

एउटै कार्यक्रमको प्रवर्द्धनमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरू यति ठूलो संख्यामा जोडिएको यो पहिलो प्रतियोगिता भएको पनि आयोजकको भनाइ छ । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका महत्वपूर्ण प्राकृतिक,सांस्कृतिक सम्पदा, भेषभुषा,जातजातिको पहिचान, खानपान, कला–संस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रहीविविल राइज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ ।

Logo